GLBSL 1600.4 -29.6 RSDC 735 0 GBBL 447 -6 RBCL 17071 -109 GILB 1268.4 4.4 MLBBL 1635 15 CLI 634 -4.9 SWMF 812 -13 SARBTM 765 -5 UPPER 214.2 -1.8 CIT 2195 0 NLIC 814 -13.4 CHL 353 0.4 KPCL 493 -0.8 CYCL 1540 -7 MHCL 410 -7 HIDCLP 183 -2 HPPL 316.3 -3.6 MLBS 1532.3 -86.7 NESDO 2229 -18 BBC 4255 50 NMFBS 1435 1 NRM 426.1 -4.9 MERO 760 0.5 MKCL 1497 -26 HLI 472 -4 NMBD87/88 1027 -3 EBLD85 1105 5 GBBLPO 205 0 SHINE 473 -1.8 SNMAPO 190 0 SAHAS 505 28 NYADI 305.4 -6.6 KSBBL 448 -3 SICL 832 0 KBL 234 -6.9 HIDCL 270.7 -4.1 PCBL 292 -2 SANIMA 326 -10.2 DDBL 916.2 3.1
×
सगरमाथा जलविद्युतकोआइपिओमा सबैले आवेदन दिन मिल्ने , कहिलेदेखि दिन पाइन्छ आवेदन ?



सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चैत ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले यसअघी आयोजना प्रभावित स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरि बाँडफाँट समेत गरि सकेको छ। अब दोश्रो चरणमा कम्पनीले २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र  १ लाख ३१ हजार ४० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरि बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्दै चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्रा एनपि त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि– आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर वेव र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

यस कम्पनीले इलाम जिल्लामा प्रति मेगावाट लागत १९ करोड ८४ लाख ३३ हजार रहेको ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस योजनाको कुल लागत १ अर्ब ९० करोड ४९ लाख ५७ हजार रहेको छ ।

त्यस्तै सर्वसाधारणमा आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ करोड कायम हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस