RMF2 9.21 -0.13 NIL 912 8 UMHL 308 -4 UAIL 639 -1 MFLD85 1050 -20 MBLD2085 1085 6.5 SAGF 9.31 0.01 GRDBL 743 5 MBJC 321 -8 RSDC 735 0 PBD85 1079.9 19.9 HIDCLP 183 -2 NICBF 9.3 -0.08 SBLD89 1200 16.1 NICA 452 -13 NMBD87/88 1027 -3 DORDI 429 -3.3 USHEC 523 -7 PROFL 655 7 NGPL 472 -2.9 SEF 9.51 -0.24 AHPC 267 -0.6 NICGF2 8.78 -0.02 NADEP 1030 -55 MLBSL 2000 -26 GLBSL 1600.4 -29.6 KBLD86 1115 0 ILBS 980 -21.5 EBL 605 5 NIBLGF 9.1 0.38 MSHL 938 3 PHCL 465.1 -9.9 KBSH 2386 -9 NLIC 814 -13.4 PRSF 9.54 -0.11 ICFC 823.9 74.9 WNLB 2650 -80 HURJA 220 -4.6 TSHL 909 -11 NICD83/84 1062 -19
×
खुल्यो सानिमा मिडिल तमोरआईपीओ , ४ लाख जनालाई पर्ने।



सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आज देखि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ।

कम्पनीले एक सय दरका ४२ लाख ४८ हजार नौ सय ३८ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो। त्यस्तै कम्पनीले ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र २ लाख ४९ हजार ९३७ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकेको छ।

कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासित सेयरमा यही फागुन ३० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिने छ। त्यस अवधिमा मागबमोजिम आवेदन नपरेमा आगामी चैत १० गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको ‘केयर एनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले ताप्लेजुङ्ग जिल्लामा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । २०८० साल भदौ २६ गतेदेखि यस आयोजना निर्माण कार्य सम्पन्न गरी व्यापारिक उत्पादन गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस