ADBL 367 -11.1 EBLD86 1040 -2 SMPDA 910 -1 NMB 263.9 -7.1 PRSF 9.54 -0.11 NICLBSL 705.5 -7.5 NIBLSTF 8.68 0 UAIL 639 -1 AVYAN 909 -6 PMLI 562 1 EHPL 840 7.9 SAMAJ 3321.1 1.1 HLBSL 1010 -10 KBLD89 1156 1 UHEWA 476 -11 LBBLD89 1208.5 23.5 GBBLPO 205 0 PBLD87 1028 -2 RBCLPO 12300 88 ALBSL 1040 -4 KPCL 493 -0.8 HDL 1423.1 49.1 PCBL 292 -2 HRL 861 -4 JOSHI 305 -6.8 MDB 630 -3.8 MPFL 751 5 HURJA 220 -4.6 SWBBL 1065 2.1 EBL 605 5 SMB 1809 4 BEDC 470 0 RIDI 235 0 NBF2 9.15 -0.05 TAMOR 482.9 -2.1 H8020 10.2 -0.05 CYCL 1540 -7 RMF2 9.21 -0.13 SLCF 9.21 -0.1 AKJCL 209 -3
×
भोलि देखि निष्कासन हुदै सानिमा मिडिल तमोरको आईपीओ ,४ लाख २४ हजारलाई पर्ने !



सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले भोलि देखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ।

कम्पनीले एक सय दरका ४२ लाख ४८ हजार नौ सय ३८ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने भएको हो। त्यस्तै कम्पनीले ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र २ लाख ४९ हजार ९३७ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकेको छ।

कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासित सेयरमा यही फागुन ३० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिने छ। त्यस अवधिमा मागबमोजिम आवेदन नपरेमा आगामी चैत १० गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको ‘केयर एनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले ताप्लेजुङ्ग जिल्लामा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । २०८० साल भदौ २६ गतेदेखि यस आयोजना निर्माण कार्य सम्पन्न गरी व्यापारिक उत्पादन गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस