GMFIL 623 1 GIBF1 9.69 0.1 GBIME 256.1 -4.4 RURU 740 -9.8 MEL 292 2 NBL 292.2 1.2 NICLBSL 705.5 -7.5 SMHL 613.1 -4 PHCL 465.1 -9.9 SGIC 641.2 -4.8 UMHL 308 -4 BNHC 466.9 0.7 SARBTM 765 -5 HATHY 1322 13 ALICL 714.5 -1.2 SWBBL 1065 2.1 SHEL 242.9 -4.7 NADEP 1030 -55 WNLB 2650 -80 SONA 473.2 -7.8 NGPL 472 -2.9 MNBBL 395.8 -0.8 ICFC 823.9 74.9 MANDU 885 -14 RLFL 625 6.9 C30MF 9.74 0 PRIN 968 4 BNT 14350 -50 MFIL 768 48 BEDC 470 0 CMF2 9.21 -0.1 LSL 253.5 -5.5 MHL 725 3.5 TRH 1118 -5 NIMBPO 176.9 -1.1 SRLI 443.1 -4.9 ULBSL 3199 37 NLIC 814 -13.4 MBJC 321 -8 SFEF 9.29 0.22
×
बैंक र लघुवित्त क्षेत्रका समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाउनुपर्ने हुनसक्छ – प्रधानमन्त्री



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् ।

आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धि बैठकमा प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति लगायतका विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताएका हुन् ।

‘बैंकको ब्याजदरलाई लिएर व्यवसायीका गुनासो देखिएको छ। लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेका छन् । व्यवसायीहरूले विभिन्न ढंगले चासो र चिन्ता राखेका छन्। यही मौकामा अराजक तत्वले वित्तीय अराजकता निम्त्याउने कोशिस गरिरहेका छन्। यी सबै परिघटनालाई मैले गम्भीर रूपमा लिएको छु.,’ प्रधानमन्त्रीले भने, ‘अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमै छ। म प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् मन्त्रिपरिषदको पहिलो बैठकमा नै अर्थतन्त्रका समस्या समाधानका निम्ति निजी र सार्वजनिक क्षेत्रको सहकार्यमा अगाडि बढ्ने निर्णय गरिएको थियो ।’

सरकार अर्थतन्त्रका चुनौती समाधान गर्न क्रियाशील रहेको भन्दै उनले बैंक र लघुवित्तका क्षेत्रमा जनताका गुनासोप्रति आफू जानकार रहेको र  यसको समाधानका निम्तिमा आवश्यक परे उच्चस्तरीय आयोग नै बनाउनुपर्ने पनि हुन सक्ने बताए ।

बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वर्तमानमा अर्थतन्त्रको अवस्थाबारे संक्षिप्त विषय राख्दै अर्थतन्त्रका सुचकहरू सकारात्मक दिशातर्फ अग्रसर भइरहेको बताए ।

बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरू र बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले निजी क्षेत्रको अवस्थाको चर्चा गर्दै बैंक तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सरकारलाई विभिन्न सुझावहरू प्रस्तुत गरे ।

बैठकमा नेपाल सरकारका मुख्यसचिव, अर्थमन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू, विभिन्न व्यवसायिक संगठनका प्रतिनिधिहरू, बैंकर एसोसिएसन लगायत वित्तीय क्षेत्रका प्रतिनिधिहरू उपस्थिति थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस