×
Lagani
Lagani Shiksha gif
हिमालयन रिइन्स्योरेन्सलाई लाईसेन्स दिँदा कान्तिपुरका मालिक सिरोहियालाई १० करोड



२०७४ साल माघ १ गते काठमाडौंस्थित नयाँ बानेश्वरमा रहेको हेलो टावरमा व्यवसायी अजेय पराजुली (सुमार्गी) ले पत्रकार सम्मेलन गरेर नेपालको नम्वर १ मिडिया हाउस कान्तिपुरका मालिक कैलास प्रसाद सिरोहिया मिडियाको आडमा ब्लाकमेलिङ धन्दा चलाउने व्यक्ति भएको आरोप लगाएका थिए ।

त्यति मात्रै नभएर सुमार्गीले नेपालका सबै उद्यमी तथा व्यवसायीहरुले कान्तिपुरलाई नजराना बापत गोल्डेन शेयर (सित्तैमा दिइने शेयर) दिनुपर्ने बाध्यता रहेको आरोप लगाएका थिए । सुमार्गीले हेलो टावरमा तीन वर्ष अघि पत्रकार सम्मेलन गरेर आरोप लगाएकै शैलीमा कान्तिपुरका मालिक सिरोहियाले हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई लाईसेन्स वितरण गर्दा १० करोड रुपैयाँको नजराना बापतको शेयर लिएको तथ्य बीमापोष्टले फेला पारेको छ । सिरोहियाले नेपालका नाम चलेका सबै मिडिया हाउसहरुलाई वितरण गर्ने शर्तमा १० करोड रुपैयाँ लिएको सो रकम क–कसलाई के कतिका दरले वितरण गरियो भन्ने खुल्न भने बाँकि नै रहेको छ ।

Lagani Shiksha gif
sharehubapk हिमालयन रिइन्स्योरेन्सलाई लाईसेन्स दिँदा कान्तिपुरका मालिक सिरोहियालाई १० करोड

हिमालयन रि इन्स्योरेन्स कम्पनीमा शेयर लगानी गरेकाहरुले १०० रुपैयाँ अंकित शेयरको प्रतिकित्ता १६५ रुपैयाँसम्म उठाइएको थियो र सो अतिरिक्त रकम तत्कालिन अर्थमन्त्री विष्णु पौडेल, अर्थमन्त्रालयका कर्मचारी, बीमा समितिका कर्मचारी तथा नेपालका सबै मिडिया हाउसहरुमा वितरण गर्नु परेकोले शेयरको मूल्य महंगो भएको बताउने गरेका छन् ।

हुन पनि कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा दर्ता भएको हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्रबन्ध पत्रमा धनुषा जिल्ला जनकपुर नगरपालिका– ५ निवासी स्व. घाँसिराम सिरोहियाका छोरा कैलाश प्रसाद सिरोहियालाई १० करोड रुपैयाँको १० लाख कित्ता शेयर बाँडफाँड गरिएको छ । उनको साक्षीमा महेश स्वार बसेका छन् । स्वार सिरोहियाका आफन्त समेत हुन् ।

सिरोहियाले नेपालमा सञ्चालित अन्य मिडिया हाउसहरुलाई समेत रकम दिई अबैध लाईसेन्सको विषयमा कुनै पनि समाचार नलेख्ने र उचित वातावरण सिर्जना गर्ने ठेक्का लिएको हिमालयन रिइन्स्योरेन्स कम्पनी स्रोतले जनाएको छ । सो बापत १० करोड रुपैयाँको शेयर सित्तैमा दिइएको अनौपचारिक स्रोतले जनाएको छ ।

नेपालको इतिहासमै सबैभन्दा ठूलो घोटाला काण्डको रुपमा चर्चित हिमालयन रिइन्स्योरेन्स घोटाला काण्डको बारेमा कान्तिपुरबाटै फुटेर गएको नागरिक दैनिकले एक अंक मात्रै समाचार लेखेको थियो । पहिलो अंकको समाचार लेख्ने वित्तिकै सो मिडियाले पनि उक्त समाचार सम्बन्धमा थप फलोअप नगरी चुप लागेको थियो । स्रोतका अनुसार सबै मिडियासँग गरेको डिलमा सिरोहियाले धोका दिएपछि उक्त मिडियाले अलिकति समाचार लेखेकोमा पछि पुनः सहमति कायम गरिएको जनाइएको छ । विमापोस्ट बाट  साभार 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस