MLBSL 2000 -26 MEL 292 2 CHCL 568.9 -8.1 GBBL 447 -6 CIT 2195 0 MHCL 410 -7 LEC 276.8 -6 NTC 980.1 -2.4 MEN 631.1 -3.9 NICD83/84 1062 -19 MKCL 1497 -26 SHIVM 599 -8 HDL 1423.1 49.1 SMHL 613.1 -4 RSDC 735 0 PSF 9.51 -0.09 SMPDA 910 -1 C30MF 9.74 0 BOKD86 1040 18 MERO 760 0.5 NBL 292.2 1.2 GLH 244 -2 NABBC 631 -12 GBBLPO 205 0 RFPL 532 11.1 RBCLPO 12300 88 RLFL 625 6.9 SIKLES 707 -3 SNMAPO 190 0 NYADI 305.4 -6.6 CKHL 632 -8 GBLBS 738 -10 SADBL 419 -1 IGI 600 -4 NICGF 10.56 -0.28 GLBSL 1600.4 -29.6 HATHY 1322 13 NLICL 606 -4 SLCF 9.21 -0.1 SMB 1809 4
×
दूधको मूल्य बढाउन किसानको माग



चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् ।

उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसंग आग्रह गरेका हुन् । पत्रकार सम्मेलनमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूधको मूल्य बढाउन र कच्चा पदार्थको मूल्यवृद्धिलाई रोक्न माग गरे । उनले बैंक तथा वित्तीय संस्थाले ऋण असुली भन्दै किसानलाई धरपकड गरेको आरोप लगाए ।

चितवनलाई सरकारले तीन वर्ष अगाडि दूधमा आत्मनिर्भर क्षेत्र घोषणा गरेको थियो । जिल्लामा ३३ प्रतिशत दुग्ध उत्पादक किसान छन् । यहाँका किसानले ६८ हजार छ सय ११ वटा गाईभैँसी पालेका छन् । जसबाट प्रतिदिन तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।

यहाँ उत्पादन भएको ५५ प्रतिशत दूध काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर र कास्कीलगायतका जिल्लामा खपत हुँदै आएको छ । अहिले ढुटो, मकै, पिना, दाना, चोक्करजस्ता उपभोग्य वस्तुको मूल्य २० देखि ३० प्रतिशतले बढेको हुँदा किसान मर्कामा पर्दै गएको सङ्घका कोषाध्यक्ष बालकृष्ण उप्रेतीले बताए ।

उनले उपभोग्य वस्तुको मूल्य बढ्दा किसानले प्रतिलिटर दूधमा रु आठदेखि दश घाटा बेहोर्नुपरेकाले हामीले सरकारलाई दूधको मूल्य बढाएर प्रतिलिटर न्यूनतम रु ७० बनाउन माग गरे । पछिल्लो समय सरकारले विसं २०७८ माघ १६ गते दूधको मूल्य बढाएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस