समिट लघुवित्तको १२ हजार कित्ता सेयर बिक्रीमा

समिट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

संस्थाले बुधबार संस्थाको १२ हजार ५०० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । उक्त बिक्री खुला भएको सेयर समिटका संस्थापक सेयरधनीले बिक्री गर्न लागेका हुन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

सो सेयर खरिद गर्न इच्छुकले सेयर संख्या र रकम कबोल गरी कम्पनीको केन्द्रीय कार्यालय गोरखा–१३ पुग्ने गरी निवेदन पेस गर्नपर्नेछ । संस्थाले तोकेको अवधिसम्म संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्तिलाई पनि खुला गरिने संस्थाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।