×
मेगा बैंकले गर्‍याे १२ दशमलव ०७ प्रतिशत लाभांश प्रस्ताव



मेगा बैंकले सेयर धनीलाई लाभांश प्रस्ताव गरेको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँको १२ दशमलव ०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड रुपैयाँको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै वितरण गरिनेछ । सेयर धनीलाई बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी १६ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस