प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ ।
बैंकले गत आर्थिक वर्ष २०७७/ ७८ को सञ्चित मुनाफाबाट कुल १६ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कुल लाभांश मध्ये बैंकले हाल कायम चुक्तापूँजीको आधारमा १६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत (अघिल्ला वर्षका लाभांशमा कर तिर्नुपर्ने तर असूल हुन छुटेका तथा यस वर्ष कर तिर्नु पर्ने शेयरधनीहरुको कर रकममा मिलान गर्ने प्रयोजनार्थ) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको सोमवार अपरान्ह बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















