KRBL 613 0 RLFL 625 6.9 DORDI 429 -3.3 CORBL 958.8 -10.2 SMFBS 1505.2 6.2 SADBL 419 -1 PRVU 248 -10 HRL 861 -4 CIZBD86 1060 -10 KEF 9 0.28 SAPDBL 569.6 -7.4 KBL 234 -6.9 JSLBB 1513.9 38.9 NBF3 9.04 0.17 MKJC 467.9 -1 KBSH 2386 -9 ANLB 4453.1 47 GVL 538.5 -22 PROFL 655 7 GIBF1 9.69 0.1 GBILD86/87 1030 4 KDBY 9.21 -0.23 MLBBL 1635 15 PPL 461 -2.5 HBLD83 1056.3 0.3 KBLD89 1156 1 CGH 909 -5 SAMAJ 3321.1 1.1 GBIME 256.1 -4.4 SMATA 875 -16 BEDC 470 0 BPCL 449 -7 ILI 483.5 -2.5 MDB 630 -3.8 ULBSL 3199 37 NIBLGF 9.1 0.38 HPPL 316.3 -3.6 LBBL 475 -4.8 SICL 832 0 RMF1 9.15 -0.1
×
आजदेखि खुल्यो सानिमा मिडिल तमोरको आईपीओ , कति दिने आवेदन ?



सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आज देखि पहिलो चरणमा आईपीओ निष्कासन गरेको छ ।

पहिलो चरणमा कम्पनीले  आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूका लागि आईपीओ विक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ३२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि विक्री गर्नेछ भने ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि विक्री गर्न लागेको हो ।

स्थानीयका लागि विक्री गरिने कूल कित्ता शेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं. १ तथा भिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि ४० प्रतिशत अर्थात् १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्गका बासिन्दाहरूका लागि ६० प्रतिशत अर्थात् १९ लाख ९९ हजार ५०० कित्ता शेयर निष्कासन गर्न गरेको हो ।

शेयर खरिद गर्न चाहानेले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने छन्। स्थानीय बासिन्दाहरूका लागि छिटोमा माघ १८ गतेसम्म र ढिलोमा फागुन ४ गतेसम्म आईपीओ विक्री खुला हुनेछ भने  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने माघ १८ गतेभित्र आवेदन दिनु पर्नेछ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।  स्थानीय वासिन्दाले भने विक्री प्रबन्धकसँगै कम्पनीको कार्यालय, धुम्बाराही, काठमाडौं, आयोजना स्थल ताप्लेजुङ्ग, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सन्राइज बैंकको ताप्लेजुङ्गमा रहेको शाखा कार्यालयमा आवेदन गैर आवेदन दिन सक्ने छन् भने वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीले ताप्लेजुङ्ग जिल्लामा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस