SBL 345 -8.1 SPDL 310 5 HBLD83 1056.3 0.3 KBL 234 -6.9 SAHAS 505 28 JBBL 351 -3.1 VLBS 902.5 -7.5 NICBF 9.3 -0.08 ALBSL 1040 -4 LBBLD89 1208.5 23.5 NRN 905 -8 IGI 600 -4 SICL 832 0 PRVU 248 -10 CBBL 980 1 SCB 691.1 3.6 EDBL 645 -1.9 FMDBL 758 -0.1 BEDC 470 0 NTC 980.1 -2.4 PPL 461 -2.5 CKHL 632 -8 SJCL 326 -3.7 HDL 1423.1 49.1 WNLB 2650 -80 CMF2 9.21 -0.1 MHCL 410 -7 SBCF 9 -0.2 CYCL 1540 -7 SBI 482.9 -6 NLIC 814 -13.4 MKHL 493 -6 EBLD86 1040 -2 SHINE 473 -1.8 SLBSL 1398.4 21.4 SFCL 704.1 63.6 NMLBBL 769 -11 CHL 353 0.4 NBLD87 1020 -8 PMHPL 260 -4
×
यस्तो रहने छ आज दिनभरको मौसम।



हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईमा हुस्सु लागेको अवस्था छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका  उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकीका  उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको प्रक्षेपण छ ।

शुक्रबार सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको आकलन गरिएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1000


0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस