डिप्रोक्स लघुवित्तले लाभांश दिने भएको छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ११.०५२ प्रतिशत नगद गरी कुल २१.०५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार ३३२ रुपैयाँ रहेको छ । कम्पनीले सोही पुँजीबाट लाभांश प्रस्ताव गरेको हो ।
प्रस्ताव गरीएको लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted