×
Lagani
Lagani Shiksha gif
२ कम्पनीले पाए आईपीओ निष्कासन गर्न अनुमति , कसले कति निष्कासन गर्दैछन ?



विभिन्न २ वटा कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबाेन) बाट अनुमति पाएका छन् ।

सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेड र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न बाेर्डबाट अनुमति पाएका हुन् । यी दुवै कम्पनीले पुस ७ गते नियामक निकायबाट आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् ।

Lagani Shiksha gif
sharehubapk २ कम्पनीले पाए आईपीओ निष्कासन गर्न अनुमति , कसले कति निष्कासन गर्दैछन ?

मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले आयाेजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ८० लाख बराबरको २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएकाे हाे भने  सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले आयाेजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८३ कराेड ३१ लाख २५ हजार रूपैयाँ बराबरकाे ८३ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएकाे हाे ।

सानिमा मिडिल तमोर हाइड्रोपावरकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ भने मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस