बुटवल पावर कम्पनीले गत आवको २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
पुस ३० गते कार्की ब्याक्वेट बबरमहल काठमाडौंमा बिहान ११ बजे ३० औं वार्षिक साधारण सभा बोलाएको कम्पनीले यो प्रस्ताव पारित गर्ने छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा ७ दशलमव ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १८ गते देखि ३० गते सम्म बुक क्लोज गर्ने छ । जसले गर्दा पुस १७ गते सम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।
कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव र साधारण सभा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted











