×
थाहा पाउनुहोस् आजको मौसम



हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

मुलुकका पहाडी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमाा महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आइतबार प्रदेश १, मधेश र गण्डकीमा आंशिक बदलीको आकलन गरिएको छ । पछिल्लो समय तराईमा हुस्सु लाग्न थालेको छ । जसकारण विभिन्न क्षेत्रमा भिजिबिलिटी पनि घट्न थालेको छ ।

देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै गइरहेकाले चिसोबाट बच्न महाशाखाले अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस