शिवम् सिमेन्ट्सको साधारणसभा भोलि, २९ प्रतिशत लाभांश पारित गर्ने मुख्य एजेण्डा

शिवम् सिमेन्ट्सको साधारणसभा भोलि मंगलबार बस्ने भएको छ ।

शिवम्‌ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई करसहित २९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न सोल्टी होटल सोल्टीमोड काठमाडौंमा बिहान १० बजे सभा आह्वान गरेको हो ।

कोरोनाका कारण सभा भर्चुअल माध्यमबाट पनि सञ्चालन हुने कम्पनीले जनाएको छ । शिवम सिमेन्ट्सले दिन लागेको यो अहिलेसम्मकै धेरै लाभांश हो । गत वर्ष कम्पनीले सेयरधनीलाई २४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । सोही आर्थिक वर्षको नाफा/नोक्सान, नगद प्रवाहलगायतको विषयमा छलफल गर्ने एजेन्डा छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ ८ कात्तिकमा बुक क्लोज गरेको छ । यसअनुसार ७ कात्तिकसम्म नेप्सेमा कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।