×
नेपाल टेलिकमको सिममा रिचार्ज गर्दा १० जिबीसम्म डाटा नि:शुल्क पाइने



नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरेबापत ग्राहकहरूलाई बोनस डाटा उपलब्ध गराउने भएको छ।

ग्राहकले दुई सय रुपैयाँ, पाँच सय र एक हजार रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो । टेलिकमकाे अनुसार २०० रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा , ५०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा  र १००० रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस बापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जिबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ ।

यो अफर मंसिर २० गतेदेखि पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुने टेलिकमले जनाएकाे छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
लाल सिैंह डडाल
Guest
लाल सिैंह डडाल
December 6, 2022 9:26 am

डाटा चलाउनेलाई डाटा र अरुलाई कलको सुविधा दिए अझै राम्रो हुने थियो।


सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस