×
प्राधिकरण भन्छ इन्टरनेटका तार हटाउन व्यवसायीहरुले मानेनन् अब हामी आफै काटीदिन्छौ !



नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार तथा उपकरणहरू हटाउन पटकपटक ताकेता गरे पनि केबल टिभी तथा इन्टरनेट सेवाप्रदायकहरूले अटेरी गरेका छन् ।

कात्तिक १५ गते प्राधिकरणले ४५ दिनको समय दिएर तार तथा उपकरण व्यवस्थित गर्न चेतावनी दिएको थियो ।  सूचना प्रकाशित भएको ३३ दिनसम्म पनि उनीहरूले कुनै चासो नदिएको प्राधिकरणले जानकारी दिएको छ ।

निर्धारित अवधिसम्म सुधार कार्य नभएमा प्राधिकरण आफैंले तार हटाउने र यसबाट हुनसक्ने नोक्सानीका लागि केबल/इन्टरनेट/दूरसञ्‍चार सेवा प्रदायक आफैं जिम्मेवार हुने प्राधिकरणको भनाइ छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस