SJLIC 413.1 -5.9 CIT 2151 -8 NGPL 309 -4.5 NTC 832.9 -3.1 PRIN 783.1 -15 HEIP 355 3.9 SAGF 9.38 0.08 NHPC 146.9 -0.1 MDB 508.9 19.9 SMB 1672 39.1 KMCDB 1089 -17 SMJC 409 8 NRM 413 -2 MLBL 329 3.1 LBLD88 993.1 19.4 NICD83/84 1060.8 20.8 HDHPC 129.1 -3.4 AVYAN 974 4 EHPL 566.2 -12.8 NLICL 551 -10.9 MEN 616.3 -2.7 MLBS 1355.3 -6.7 CGH 854 -11 HPPL 260 -5 BHDC 578.2 -11.7 GBILD86/87 998 3.4 CBBL 858 -5 NIFRA 195.6 -0.9 MLBBL 1479 -20 SIGS3 8.77 0 SGIC 550 -10 ULBSL 1911 -54 PBLD87 982 12 KBL 142 0 CLI 486.1 1.4 SFCL 435.6 39.6 ADBL 264.7 -4.3 GHL 153.3 1.3 MSLB 1410 -84 SIFC 447 10
×
बिहेको सिजनमा तोलाकै १ लाख नजिक पुग्यो सुन ।

फाइल फोटो



बिहेको सिजनमा सुन महँगिएको छ ।

नेपालमा सुनको अत्यधिक खपत हुने महिना मंसिरमा सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । शुक्रबार सुन झन्डै तोलाको एक लाख रुपैयाँ नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९९ हजार एक सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन ९८ हजार एक सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । बुधबारकै तुलनामा बिहीबार सुन पाँच सय रुपैयाँले महँगिएको थियो ।

मंगलबारयताको ट्रेन्ड हेर्ने हो भने सुन तीन दिनमै एक हजार सात सय रुपैयाँले बढेको छ । एक सातामा सुनको मूल्य एक हजार ३ सय रुपैयाँले महँगिंएको महासंघको तथ्यांकले देखाएको छ । मंसिर लागेदेखि यताको ट्रेन्डलाई पछ्याउने हो भने सुनको मूल्य तोलामा ११ सय रुपैयाँले महँगिसकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर बन्दै जाँदा र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर वृद्धिदरलाई घटाउने संकेत दिएपछि सुनको भाउ बढेको जनाएको छ ।

बिहेको सिजन भए पनि सरकारले सुन आयातमा भने कडाइ गरिरहेको छ । विगतमा बिहेको सिजनमा दैनिक २०-२५ किलो सम्मको आयात अनुमति दिने गरेको राष्ट्र बैंकले यसपाली १० किलोभन्दा बढी सुन आयात गर्न दिएको छैन । शोधनान्तर चाप बढ्दै गएपछि सरकारले सुन आयातमा कडाइ गर्दै आएको छ । बिहेको सिजनमा बजारमा दैनिक ५० किलोसम्म सुनको माग रहेको व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस