SMB 1620 -52 KBSH 1528.5 -83 CKHL 590 0.5 LBBL 384 -4 PROFL 383.5 -4.6 GBLBS 797 -15.2 NLICL 550 -1 ILI 430 -4.2 CITY 724 14 CLI 483 -3.1 RBBD83 982 2 NBL 213 -2 CGH 860 6 NICBF 8.65 0.15 GLH 218.9 -14.1 BNHC 629 21.7 MND84/85 990.1 5.1 NIL 797 -9 KKHC 238 5.8 MDB 495.1 -13.8 ICFCD83 1230 0 KBLD86 1065 15 GWFD83 1230 -5 RADHI 270 5 ICFC 526 -8 NBLD82 1042 2 CORBL 510.3 -19.7 C30MF 8.62 0.04 SINDU 390.5 -7.2 MNBBL 348.3 -4.7 PRIN 771.8 -11.3 KSY 8.3 -0.16 MKHC 324.9 0.9 RHGCL 360 0 HLBSL 1322 26 ANLB 2313.1 -26.9 NESDO 2066 -54 SIKLES 595 -15 RLFL 406.5 -7.5 MBLD87 998 17.9
×
कमजोर बन्दै अमेरिकी डलर , बाह्य क्षेत्रको दबाब झेलिरहेको नेपाललाई राहत



एक सातामा अमेरिकी डलर कमजोर हुँदै गइरहँदा नेपाली मुद्रा बलियो बन्दै गइरहेको छ ।

अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा बलियो बनेपछि नेपाली मुद्रा समेत प्रभावित भएको हो ।  नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको नेपाली खरिद मूल्य  १२९.६५ रुपैयाँ पुगेको छ भने बिक्री दर १३०.२५ रुपैयाँ कायम छ । गत बुधबार खरिद दर १२९.९८ रुपैयाँ र बिक्री दर १३०.५८ रुपैयाँ थियो ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पवेलले ब्याजदरमा वृद्धिदरको गति घटाउने संकेत गरेपछि डलर कमजोर हुँदै गइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विदेशी पुँजी प्रवाह बढ्ने र घरेलु सेयर बजारमा वृद्धि भएपछि डलरको भाउ कमजोर भएको छ । फेडले ब्याजदरलाई डिसेम्बरभित्रै कम गर्ने अनुमान समेत गरिएको छ ।

यस्तो छ डलर र नेरुको एक साताको ट्रेन्ड

शुक्रबार – खरिद दर : १२९.६५, बिक्री दर : १३०.२५
बिहीबार – खरिद दर : १२९.९८ बिक्री दर : १३०.५८
बुधबार – खरिद दर : १३०.४६ बिक्री दर : १३१.०६
मंगलबार – खरिद दर : १३०.३८ बिक्री दर : १३०.९८
सोमबार – खरिद दर : १३०.४० बिक्री दर : १३१
आइतबार – खरिद दर : १३०.४० बिक्री दर : १३१

बाह्य क्षेत्रमा राहत

नेपालको अर्थतन्त्रमा पछिल्लो डेढ वर्षदेखि बाह्य क्षेत्रमा परेको चापलाई राहत पुग्ने देखिन्छ । विश्व बजारमा रुस/युक्रेन युद्धका कारण आपूर्ति प्रणाली खलबलिएसँगै महँगी चुलिएपछि आयातमुखी अर्थतन्त्र भएका नेपाल जस्ता देशलाई विदेशी मुद्राको संकट परिरहेको छ । शोधनान्तर घाटामा पुगेपछि बैंकिङ प्रणालीमा तरलता असहजता बढ्दै गएर ब्याजदर वृद्धि तिव्र भएको छ । यसले उत्पादन र लगानीको क्षेत्रमा मन्दीको अवस्था निम्त्याएको छ ।

डलर कमजोर बन्दा नेपालले आयात गरेबापत बाहिर पठाउने मुद्रा सस्तो पर्न जान्छ । जसले आयातमार्फत शोधनान्तरमा परेको चापलाई समेत कम गर्ने देखिन्छ । डलर सस्तो हुनु भनेको एक किसिमले महँगी दरमा समेत कमी आउनु हो ।

त्यस्तै डलर सस्तो हुँदा विदेशमा पढ्न जाने नेपाली विद्यार्थीले तिर्ने शुल्क पनि घट्ने छ। त्यस्तै नेपालले वैदेशिक विकास साझेदारहरूसँग लिएको ऋणको साँवाब्याजको दायित्व समेत कम पर्ने हुन्छ ।  डलरको भाउ घटेसँगै भुक्तानीमा पनि सहजता आउने भएकाले बाह्य क्षेत्रमा चाप घट्ने अर्थशास्त्रीहरूको अनुमान छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस