×
पिपुल्स हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न , यसरि हेर्नुहोस नतिजा।



पिपुल्स हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भनेको छ।

कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको ५६ लाख ६ हजार ३९० कित्ता शेयर आज बाँडफाँट गरेको हो। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यलयमा सम्पन्न भएको हो।  कम्पनीको आईपीओ ५ लाख १५ हजार ७८८ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीको आईपीओमा १२ लाख ७७ हजार ५९ जना योग्य आवेदकबाट एक अर्ब ३७ करोड ८५ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ३७ लाख ८५ हजार २२० कित्ता शेयरको लागि आवेदन परेको थियो।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई र सर्वसाधारणलाई गरी ८० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस