×
Lagani
Lagani Shiksha gif
ट्वीटरविरुद्ध गरे फरक क्षमता भएका कामदारले उजुरी



कर्मचारीहरूले टाढाबाट काम गर्न अनुमति नदिने तथा उच्च तीव्रतामा लामो समय काम गर्न दिएको एलन मस्को आदेशले अपाङ्गता भएका कामदारहरू विरुद्ध भेदभाव गरेको भन्दै मस्कविरुद्ध मुद्दा दायर भएको छ ।

क्यालिफोर्नियास्थित इन्जिनियरिङ प्रबन्धक दिमित्री बोरोडेन्कोले कार्यालयमा रिपोर्ट गर्न अस्वीकार गर्दा ट्विटरले यस हप्ता आफूलाई बर्खास्त गरेको भन्दै बुधवार सान फ्रान्सिस्को संघीय अदालतमा कम्पनीविरुद्ध उजुरी दिएका हुन् ।

Lagani Shiksha gif
sharehubapk ट्वीटरविरुद्ध गरे फरक क्षमता भएका कामदारले उजुरी

ट्विटरका कर्मचारीहरूलाई कार्यालयमा फर्कन वा छोड्न मस्कको हालैको  आह्वानले संघीय अमेरिकी असक्षमता ऐन (एडीए) को उल्लंघन गरेको बोरोडेन्कोले उजुरीमा उल्लेख गरेका छन् । एडीएले अपांगता भएका कामदारहरूलाई उचित आवास प्रदान गर्न आवश्यक रहेको बताउँदै आएको छ ।

उजुरी अनुसार बोरोडाएन्कोमा शारीरिक असक्षमता भएको र यसले उनलाई कोभिड १९ का दृष्टिले जोखिममा राखेको मुद्दामा भनिएको छ । कर्मचारीहरूले मस्कको मापदण्डहरू पूरा गर्न नसकेपछि राजीनामा दिन बाध्य भएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस