SHEL 242.9 -4.7 GHL 218.5 -1.1 CYCL 1540 -7 PBD84 1065 1.7 DLBS 1374 30 DORDI 429 -3.3 SLCF 9.21 -0.1 NUBL 730 2.8 PRIN 968 4 SHLB 1886.9 1.9 SPL 813 -12.1 SBID83 1098 8.7 ALICL 714.5 -1.2 PBD88 1102.1 2.1 NICAD8283 1169.8 86.8 MNBBL 395.8 -0.8 NHPC 220.1 0 SICL 832 0 RFPL 532 11.1 ANLB 4453.1 47 GIBF1 9.69 0.1 NICGF 10.56 -0.28 CMF2 9.21 -0.1 SPHL 666.9 16.9 BBC 4255 50 BPCL 449 -7 NGPL 472 -2.9 JBLB 1534 -3 RNLI 495.5 1.5 GUFL 735 5 NBL 292.2 1.2 ALBSL 1040 -4 SALICO 747 -9.1 NBBD2085 1100 0 BNHC 466.9 0.7 SMATA 875 -16 NICA 452 -13 NRM 426.1 -4.9 RBCLPO 12300 88 LSL 253.5 -5.5
×
दराजको ११.११ सेल सुरु हुदै : १ रुपैयाँमै रियलमीको ३० हजार पर्ने फोन पाइने !



दराज, नेपालको अग्रणी अनलाइन बजारले आफ्नो वर्षको सबैभन्दा ठूलो सेल ११.११ सुरु हुन गएको घोषणा गरेको छ ।

यो अभियान आधिकारिक रूपमा कार्तिक २४ (नोभेम्बर १०) मध्यरातमा सुरु हुनेछ छ भने यस वर्षको ११.११ विगतका वर्षहरू भन्दा ठूलो हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक शपिंग अनुभव प्रदान गर्ने दराजले आश्वासन दिएको छ । यस अभियानको मुख्य हाइलाइटहरु भने ११ लाख सामानहरूमा ८० % सम्मको छुट, रु ११,१११ सम्मको , मेगा भाउचर, प्रि पेमेन्टमा २०% अधिकतम रु ३००० सम्म छुट, खेल एक रुपैयाँ र मेगा गिभअवेको रूपमा ११ 65″ मी टिभी रहेको कम्पनीले जानकारी दिएको छ।

बैंक र प्रिपेमेन्ट छुटको सन्दर्भमा, ११.११ मा किनमेल गर्ने ग्राहकहरूले क्रेडिट कार्ड मार्फत २०% (अधिकतम रु. ३०००) र डेबिट कार्ड मार्फत १५% (अधिकतम रु. २५००) सम्म बचत गर्न पाउनेछन्। नबिल बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक लिमिटेड, एभरेष्ट बैंक, हिमालयन बैंक, सनराइज बैंक, मेगा बैंक, एनएमबि बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, एनसीसी बैंक, नेपाल एसबीआई बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, सांग्रिला बैंक र कामना सेवा बैंकका ग्राहकहरुले माथि उल्लिखित छुटहरू प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी आफ्नो आई एम ई पे वालेट मार्फत भुक्तानी गरेमा १५% अधिकतम रु. १,१११ सम्मको अतिरिक्त छुट प्राप्त गर्ने अवसर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ। साथै, एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, र माछापुच्छ्रे बैंकका ग्राहकहरूले क्रेडिट कार्ड मार्फत ०% ब्याजको सहज मासिक किस्ता योजना (ईएमआई) पनि प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, दराजका सबै प्रमुख क्याम्पेनहरू जस्तै, ११.११ मा धेरै लोकप्रिय खेल एक रुपैयाँ पनि रहेको छ जहाँ ग्राहकहरूले मात्र रु १ मा हजारौं मूल्यका उत्कृष्ट उत्पादनहरू जित्ने मौका पाउँछन्। ग्राहकहरूले केवल १ रुपैयाँमा निम्न पुरस्कारहरू जित्नका लागि भाग लिन सक्छन्: अमेज़फिट जिटिएस ४ मिनी, रियलमी 9i 5G स्मार्टफोन, वेबर माइक्रोवेव, ट्रान्क्विलिटी स्पा शिरोधारा नर्भ रिस्टोरेशन मसाज, २ जनाको लागि हाईग्राउन्ड एडभेन्चर जिप फ्लायरहरू, २ जनाको लागि हाइग्राउन्ड एडभेन्चर स्काई स्क्रिमर, पोखरा प्याकेज 1N/2D एक जोडीका लागि र टाइटन स्मार्ट वाच. सहभागी हुनको लागि ग्राहकहरूले अनलाइन प्रीपेमेन्ट मार्फत रु.१ अग्रिम भुक्तानी (प्रिपे) गर्नु पर्दछ। एक पटक अफर समाप्त भएपछि सबै सहभागीहरूलाई रु.१ फिर्ता गरिनेछ।

प्रमुख राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट उत्कृष्ट छुट

दराज दशैं धमाकामा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट विशेष डिल र छुटहरू उपलब्ध हुनेछ भने ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ८०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । अभियानका लागि डायमण्ड पार्ट्नर्समा बाल्ट्रा, लोट्टो, वाओ, गोल्डस्टार र बेस्मार्क रहेका छन् भने गोल्ड पार्टनरहरूमा मामाअर्थ, जिन्सवेस्ट, रोह्टो, किउएनयिउ र भायानेट रहेका छन्। र अन्त्यमा सिल्भर पार्टनरहरूमा आमय्रा फेशन हाउस, ब्रिल्लारे, नाटुरो अर्थ, सेटाफिल, मी र आस्टाबेरी रहेको कम्पनीले जानकारी दिएको छ।]

अभियानका थप हाइलाइटहरूमा एड टु कार्ट, हट पिक्स, ब्रान्ड अफ द डे, फ्री डेलिभरी, रिभ्यु एण्ड विन र नयाँ प्रयोगकर्ता भाउचरहरू समावेश छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस