×
Lagani
Lagani Shiksha gif
कालिका लघुवित्तको नाफा ६.८१ प्रतिशत घट्याे



कालिका लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा घटेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको खुद नाफा ६.८१ प्रतिशत घटेर ७ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले सात करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

Lagani Shiksha gif

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.८१ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी २९.७२ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ११.८६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६७.४८ प्रतिशत घटेको छ ।

नाफासँगै लघुवित्तका प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ६९ रुपैयाँ २० पैसाबाट घटेर १६ रुपैयाँ ८३ पैसामा झरेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५७.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ ८५ पैसा रहेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस