×
Lagani
Lagani Shiksha gif
बैंकको व्याजदरले व्यवसाय नै धराशयी हुने अवस्था आयो



बैंकको चर्को व्याजदरले व्यवसायीहरूमा डिप्रेसनको खतरा भएको सरोकारवालाहरूले बताएका छन् ।

भक्तपुर उद्योग वाणिज्य संघले दीपावली, नेपाल संवत ११४३ को अवसरमा आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् ।

Lagani Shiksha gif

संघका भक्तपुर अध्यक्ष शिवप्रसाद मानन्धरले बैंकले मनपरी ब्याज बढाउँदा व्यवसायीहरुलाई डिप्रेसन हुन थालेको बताए । ‘हामीलाई राति निद्रा लाग्न छोडेको छ,’ उनले भने, ‘यही कारण व्यवसायी पलायन र व्यवसाय नै धराशयी हुने अवस्था आयो ।’

बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको ब्याजदरले लगानी गर्न व्यापारी तथा व्यवसायीहरुलाई निरुत्साहित गर्ने भन्दै उनले वाणिज्य बैंकहरुलाई ज्ञापनपत्रसमेत बुझाएको स्मरण गरे । संघको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सम्मिलित टोलीले भक्तपुरस्थित विभिन्न वाणिज्य बैंकका शाखामार्फत ज्ञापनपत्र बुझाएको उनले सुनाए ।

मानन्धरका अनुसार बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, मेघा बैंक, नबिल बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एसिया, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंकका भक्तपुरस्थित शाखाका शाखा प्रमुखहरुलाई ज्ञापनपत्र बुझाइएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस