×
मल्टिपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने



मल्टीपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ ।

कम्पनीको गत असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम ४५ करोड २० लाख रुपैयाँ चुक्ता पुँजीबाट १ः०.३५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

यसको लागि कम्पनीले हकप्रद निष्कासनमा सहमति प्रदान गरिदिन नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको थियो । तर, राष्ट्र बैंकले कम्पनीको बार्षिक साधारण सभा अर्थात् विशेष सभाबाट हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गराएपश्चात मात्र उल्लेखित हकप्रद सेयर जारी गर्नको लागि सहमति प्रदान गरिएको कम्पनीले जनाएको छ ।

notice3 मल्टिपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस