×
ह्याथवे इन्भेष्टमेण्ट कम्पनीले साधारण सभा बोलायो, ​​१०% लाभांश दिने



हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको ४ असोजमा बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले २८ असोजमा साधारण सभा बोलाएको छ । सभा एम्बास्डर लैनचौर, काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि रहेका छन् ।

306441326 798535867852318 1616672498817980247 n ह्याथवे इन्भेष्टमेण्ट कम्पनीले साधारण सभा बोलायो, ​​१०% लाभांश दिने

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस