×
त्रिशूली जलद्युत कम्पनीलाई  तिर्नुपर्ने बाँकी रकम आजदेखि जम्मा गर्न सकिने



त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले आजबाट शेयरधनीहरुसँग माग गरेको बक्यौता रकम जम्मा गर्न सकिने भएको छ।

कम्पनीले २०७५ चैत ७ गतेदेखि चैत ११ गतेसम्म २ अर्ब ४७ करोड रुपैयाँको जारी पुँजीको १५ प्रतिशत अर्थात् प्रतिशेयर ३७ लाख ५ हजार साधारण शेयर जारी गरेको थियो । शेयरको अंकित मूल्यको दश प्रतिशतका दरले प्रति शेयर १० रुपैयाँ बनाइएको थियो । सेयर २०७५ चैत १४ गते वितरण गरिएको थियो ।

सो शेयरमा प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका शेयरधनीहरुलाई बाँकी प्रतिकित्ता ९० रुपैयाँको दरले माग गरिएको छ ।  शेयरधनीले मङ्सिर १७ गतेभित्र रकम बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।माग गरिएको ९० रुपैयाँमध्ये सेयरधनीले प्रतिशेयर ८७ रुपैयाँका दरले रकम तिर्नुपर्नेछ । कम्पनीले भुक्तानीको अन्तिम मितिसम्म प्रति शेयर ३ रुपैयाँ ब्याजदर कायम भएकाले ८७ रुपैयाँ तिर्न आमन्त्रण गरेको छ ।कम्पनीको बिक्री तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस