×
सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओमा  आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो । यसमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा २ असोजसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले आईपीओ खरीदका लागि सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

साथै मेरो शेयर एप र वेबसाइट मार्फत समेत आवेदन दिन सक्ने व्यवस्था छ । रेटिङ एजेन्सी कियर नेपालले सिक्लेसको आइपीओलाई ‘कियर एनपी रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ ।

कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. ६५ करोड रहेको छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँट पश्चात् कम्पनीको चुक्तापूँजी रू. ८५ करोड कायम हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस