×
सिक्लेस हाइड्रोपावरको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?



सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

यस अघि स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गरि  बाँडफाँट गरेको कम्पनीले हाल सर्वसाधारणका लागि १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता आईपीओ  निष्कासन गर्न लागेको हो ।

कुल निष्कासन मध्य ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने बाँकी रहेको  १० लाख ५८ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आईपीओमा मेरो शेयर एप र वेवसाइट मार्फात आवेदन दिन सक्नेछन्  । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

रेटिङ एजेन्सी कियर नेपालले सिक्लेसको आईपीओलाई ‘कियर एनपी रेटिङ डबल बीप्लस’प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस