×
Lagani
Lagani Shiksha gif
लाभांश पारित नेपाल पुनर्बीमा कम्पनीले बोलायो साधारण सभा , बुक क्लोज कहिले ?



नेपाल पुनर्बीमा कम्पनीले लाभांश पारित गर्न साधारण सभा बाेलाएकाे छ ।

सभा कार्की ब्यांकेट बबरमहल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनी सञ्चालक समितिको भदौ ९ गते बिहान बसेको बैठकले लाभांश पारित गर्न साधारण सभा बाेलाउने निर्णय गरेकाे हाे । सभामा आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लगानीकर्तालाई ५% बोनस सेयर र कर प्रयोजन सहित गरेर ०.२६% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।

Lagani Shiksha gif

उक्त बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ पुग्नेछ । प्रस्तावित बोनस सेयर सरकार र बिमा समितिबाट स्वीकृत भई सभाबाट अनुमोदन भएपछि मात्र वितरण हुनेछ । कम्पनीले लाभांश पारित गर्न भदौ ३० गते बिहीबार कार्की ब्याङ्केट, बबरमहलमा बिहान ११ बजे साधारण सभा समेत बोलाएको छ ।

र्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ। साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले भदौ १९ गते बुकक्लोज गर्ने जनाएको छ।

कम्पनीले प्रकासन गरेको सुचना :

 

 

1661469267 1 scaled लाभांश पारित नेपाल पुनर्बीमा कम्पनीले बोलायो साधारण सभा , बुक क्लोज कहिले ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस