×
बिहान ६ वटा प्रदेशमा वर्षा, दिउँसोको मौसम कस्तो छ ?



आज बिहान प्रदेश १, मधेश, बागमती र लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा भइरहेको छ ।

दिउँसो देशभर बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । बिहीबार प्रदेश १ का थोरै स्थान, मधेश, बागमती र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

शुक्रबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो । थप वर्षा हुनसक्ने आकलन गरिएको छ ।

ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।  होचा स्थान र साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस