SEF 9.51 -0.24 VLUCL 588 -1.9 CBBL 980 1 NIL 912 8 PFL 652 -1 HEI 648 -10 SBID83 1098 8.7 LBBL 475 -4.8 NIBLSTF 8.68 0 SLBBL 958.9 -4.2 SALICO 747 -9.1 CGH 909 -5 ENL 1102 -18 MSHL 938 3 NRM 426.1 -4.9 SPIL 853 -18 BARUN 379 -6.1 VLBS 902.5 -7.5 PCBL 292 -2 GBLBS 738 -10 MLBSL 2000 -26 NMBMF 695 -10 CIZBD86 1060 -10 MPFL 751 5 AKJCL 209 -3 PBD84 1065 1.7 CFCL 647 27.1 SPC 520 5 NTC 980.1 -2.4 KSY 9.22 -0.19 PRIN 968 4 API 289.5 2.5 CYCL 1540 -7 SBLD84 1040 19.3 NIBSF2 8.9 0.08 SMATA 875 -16 UNHPL 266 0 SJLIC 477 -7.5 MEHL 380.1 -19.9 TPC 465 6
×
आजदेखि खुल्यो पिपुल्स पावरको आईपीओ , कति दिने आवेदन ?



पिपुल्स पावर कम्पनीले बुधबारबाट आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख ३२ हजार ६ सय कित्ता साधारण सेयर स्थानीयलाई बिक्री खुला गरेको हो । जसमध्ये अतिप्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिकाको वडा नं. १ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता सेयर बिक्री गर्नेछ । यसैगरी, इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता आइपीओ जारी हुनेछ ।

यसमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म सबै सेयर बिक्री नभएमा साउन ५ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक खरिदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर शाख र प्राइम कमर्सियल बैंकको राँके शाखाबाट आवेदन दिन सक्नेछन् ।.

यस बाहेक सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत उक्त आइपीओमा आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी आइएस’ रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस