×
Lagani
Lagani Shiksha gif
२४ घन्टाका लागि मौसमी चेतावनी



नेपालका चार  वटा प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको छ ।अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk २४ घन्टाका लागि मौसमी चेतावनी

बिहान प्रदेश १ का थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।आगामी २४ घन्टामा देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १ को भू-भागमा भू-क्षयपहिरो तथा गेग्रान बहाव (debris flow)को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/ यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

वर्षा नभएका क्षेत्रहरूमा तापक्रमको वृद्धिका कारण हुन सक्ने असरहरूबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस