×
Lagani
Lagani Shiksha gif
प्याज र लसुनमा १ रुपैयाँ अनुदान , दुग्ध किसानलाई २ रुपैयाँ अनुदान।



बागमती प्रदेश सरकारले प्याज र लसुन उत्पादन गर्ने किसानलाई प्रतिकिलोमा अनुदान दिने भएको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले बजेटमार्फत सो अनुदान दिने घोषणा गरेका हुन । ‘प्याज र लसुनको प्रवर्द्धनका लागि १० क्विन्टल भन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिकिलो एक रुपैयाका दरले अनुदान दिइनेछ,’ उनले भनेका छन् ।

Lagani Shiksha gif
sharehubapk प्याज र लसुनमा १ रुपैयाँ अनुदान , दुग्ध किसानलाई २ रुपैयाँ अनुदान।

त्यस्तै प्रदेश १ सरकारले दुग्ध उत्पादन किसानलाई दुई रुपैयाँ थप अनुदान दिने भएको छ ।

प्रदेश १ को प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक बर्ष २०७९/७९ को बजेट प्रस्तुत गर्दै सो अनुदान दिने जानकारी दिएका हुन् ।

‘दुग्ध उत्पादक किसानलाई प्रति लिटर दुई रुपैँयाका दरले किसानलाई सोझै प्राप्त हुने गरी उत्पादनमा आधारित प्रोत्साहन अनुदानको व्यवस्था मिलाएको छु,’ मन्त्री आङबेले भनेका छन्।

प्रदेशमा उत्पादन हुने उच्च मूल्यमुक्त बाली अदुवा, अलैंची, चिया सुपारी, रुद्राक्षको मूल्य अभिवृद्धि र बजार प्रवर्द्धन गर्नका लागि पाँच करोड विनियोजन गरेका छन् । समग्रमा कृषि क्षेत्रको रुपान्तरण, व्यावसायीकरण, विविधिकरणका लागि दुई अर्ब ५९ करोड २३ लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस