हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न चैत्र २५ गते सेबाेनमा निवेदन दिएकाे छ ।
हाथवेले चुक्ता पूँजी १ अर्ब १५ करोड पुर्याउने निर्णयसँगै सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । हाथवे इन्भेष्मेन्टले १२.५ प्रतिशतले हुने सेयर जारी गर्ने निर्णय गरेको हो । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनिक्ले शेयर जारी गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले कुल १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको १३ औं वार्षिक साधारण सभाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।
आइएमई ग्रूपद्वारा प्रवर्द्धित उक्त कम्पनीको प्रमुख उद्धेष्य नेप्सेमा सूचीकृत कम्पनीहरुको शेयरमा लगानी गर्ने रहेको छ । उक्त कम्पनीले शेयर बजारका साथै दीर्घकालीन लगानीका रुपमा हाईड्रोपावर , रियलस्टेट, बीमा ब्यवसाय जस्ता क्षेत्रहरुमा समेत लगानी गरेको छ ।

















