×
Lagani
Lagani Shiksha gif
कलाकार शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश



तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।सोही मुद्दामा शाहका व्यवस्थापक भनिएका कृष्ण जोशीलाई रु एक लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनुभयो । जोशी आज साँझ नै धरौटी बुझाएर रिहा भएका छन् ।

Lagani Shiksha gif
sharehubapk कलाकार शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ अदालतमा मुद्दा दर्ता भएपछि कलाकार शाहविरुद्ध दुवै पक्षबाट बहस गरिएको थियो । जाहेरीवालाका तर्फबाट बुधबार नै बहस गरिएको थियो भने प्रतिवादीका तर्फबाट आज अदालतमा बहस भएको थियो ।

प्रतिवादीका तर्फबाट १२ कानुन व्यवसायीले बहस गरेका अधिवक्ता भानुभक्त सुवेदीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस