×
एनएमबि बैंकले ल्यायो नयाँ बचत खाता , खाता खोल्नेले डिम्याट, मेरो सेयर देखि आस्वा निःशुल्क पाउने



एनएमबि बैंक लिमिटेडले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्ने उदेश्यका साथ ‘एनएमबि यु-वा डिजी सेभिङ’ ल्याएको छ ।

देश भित्र र बाहिर बसोबास गर्ने १८ देखि ४० वर्ष सम्मका नेपाली (युवा) नागरिकले यो खाता खोल्न सक्नेछन् । एनएमबि बैंकले यो खाता अन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर प्रदान गर्नुको साथै मेरो सेयर, डिम्याट र आस्वा निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

त्यसैगरी यस योजना अन्तर्गत बैंकमा खाता खोल्ने ग्राहकले ओम्नी च्यानल बैंकिङ्ग, एनएमबि क्रेडिट कार्ड र एनएमबि डलर कार्ड (साथै डलर टप–अप) मा निःशुल्क सुविधा सहित डिजिटल कारोबारमा निःशुल्क अन्तर बैंक फण्ड ट्रान्सफर (एबिबिएस ) र वार्षिक १२ सय सम्मको क्यास ब्याक योजना जस्ता आकर्षक सुबिधा पाउने बैंकले जनाएको छ।

यसका अतिरिक्त, बैंकले उच्च शिक्षामा जान चाहने विद्यार्थीहरूलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट र  नपालभरका अन्य बैंकका एटीएमबाट नि:शुल्क झिक्न सकिने सुबिधा पाउने जनाएकोे छ ।

तर बैंकले प्रदान गर्ने निशुल्क भनिएको आस्बा र अन्य अधिकांश सेवाहरु १ वर्षको लागि मात्र निशुल्क रहेको र अर्को बर्ष देखि बैंकको निएम अनुसार ग्रहाकले बुझाउनुपर्ने हुन्छ ।

बैंकले प्राय: सोधिने प्रश्नमा राखेको जवाफ

एनएमबि बैंकले ‘बैंक अफ दि इयर २०१७’, ‘बैंक अफ दि इयर २०१८’, ‘बैंक अफ दि इयर २०२०’ र ‘बैंक अफ दि इयर २०२१’ अवार्ड पाएको छ । सोही वर्ष नेपालको इतिहासमा पहिलो पटक द बैंकर, फाइनान्सियल टाइम्स, लण्डनद्वारा बैंकलाई ‘बैंक अफ दि इयर २०२१ एशिया’ को उपाधि प्रदान गरिएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर
2 3

ताजा समाचार

लोकप्रिय
सिफारिस