×
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २५ पैसा बिक्री दर १२० रुपैयाँ ८५ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ८५ पैसा र बिक्री दर १३५ रुपैयाँ ५२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ १४ पैसा र बिक्री दर १६१ रुपैयाँ ९४ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५४ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६  रुपैयाँ ७८ पैसा र बिक्री दर ८७ रुपैयाँ  २२ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर ९४  रुपैयाँ ८७ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४० पैसा र बिक्री दर १० रुपैयाँ ४५६ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ सात पैसा र बिक्री दर १९ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैँया पाँच पैसा र बिक्री दर ३२ रुपैयाँ २१ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ८७ पैसा र बिक्री दर ३३ रुपैयाँ चार पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ  र बिक्री दर १० रुपैयाँ पाँच  पैसा कायम भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस