×
Lagani
Lagani Shiksha gif
भोलि महाशिवरात्री , शेयर बजार खुल्छ कि खुल्दैन ?



महाशिवरात्री हिन्दुको एक विशेष पर्व हो ।

हिन्दु क्यालेन्डर अनुसार फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्री मनाइन्छ । विशेषगरी यो भगवानशिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामवाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।

Lagani Shiksha gif

निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ ।

भोलि महाशिवरात्री भएको हुदा सरकारले सार्बजनिक बिदा दिएको छ। कतिपय लगानीकर्तालाई शेयर बजार खुल्छ कि खुल्दैन भन्ने चासो लागेको हुदा हामीले यसबारे जानकारी लिएर आएका छौ। भोलि शिवरात्री अवसरमा सार्बजनिक बिदा भएको हुदा शेयर बजार बन्द हुने नेप्सेले जनाएको छ।

१ हप्ता लाग्ने गोकुलेश्वर महाशिवरात्री मेलाको तयारी अन्तिम चरणमा : बैतडी र दार्चुला जिल्लाको सिमाना गोकुलेश्वरमा भव्यताका साथ लाग्ने महाशिवरात्री मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।  गोकुलेश्वरमा शिवरात्रीको दिनदेखि करिब १ सातासम्म भव्य मेला लाग्ने गर्दछ । मेलाका लागी यहाँ स्थित शिव मन्दिरहरुलाई रंगरोगन गरिएको छ भने, अस्थायी पसलहरु थापिएका छन् ।

यस मेलालाई व्यापारीक दृष्टीकोणले प्रसिद्ध मेलाका रुपमा लिइन्छ । यहाँ घरेलु सामग्रीहरु डोका, सुप्पा, मोट्टा, छाप्रा, गाग्री, ढकेरा, पारा तथा हातले बुनेका सामग्रीहरु पाइन्छन् ।

यसैगरी जेरी मिठाईका परिकार बिक्रि गर्न भारतको मथुराबाट व्यापारी आउने गर्दछन् । विगतमा यस मेलामा नुनदेखि सुन सम्म पाउने मेलाका रुपमा हेरिन्थ्यो ।  गोकुलेश्वर मेलामा करिब १ हप्ता सम्म महिला र पुरुषको डेउडा खेल लाग्ने गर्दछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस