×
आईपीओ निस्कासन गर्दै हाथवे इन्भेष्टमेन्ट , प्रति कित्ता रु ५० राख्ने प्रस्ताव



आइएमई समुहद्धारा प्रवर्दित हाथवे इन्भेष्टमेन्टले आईपीओ जारी गर्ने तयारी गरेको छ ।

हाथवेले चुक्ता पूँजी १ अर्ब १५ करोड पुर्याउने निर्णयसँगै सर्वसाधारणलाई सेयर जारी गर्ने निर्णय गरेको छ । हाथवे इन्भेष्मेन्टले १२.५ प्रतिशतले हुने सेयर जारी गर्ने निर्णय गरेको छ । हाथवेले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिएको छ ।

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ।

यता हाथवे इन्भेष्टमेन्ट लिमिटेडको सञ्चालकबाट हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेल बाहिरिएका छन् । हाथवे इन्भेष्टमेन्टको सञ्चालक समितिको अध्यक्षमा ढकाल र सञ्चालकमा पौडेल थिए ।

NOTICE FOR AGM आईपीओ निस्कासन गर्दै हाथवे इन्भेष्टमेन्ट , प्रति कित्ता रु ५० राख्ने प्रस्ताव

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस