शेयर खरिद वा बिक्री गर्न उत्साहित गराउने उद्देश्यले सूचना सम्प्रेषण नगर्न र नगराउन भनि बोर्डले सुचना प्रकासन गरेको छ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने व्यवस्था रहेको भन्दै बोर्डले सचेत गराएको हो ।
बोर्डले प्रकासन गरेको सुचनामा ” विभिन्न व्यक्ति र समूहले विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा नेप्से परिसूचक तथा सूचिकृत संगठित संस्थाको शेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित शेयरहरु खरिद गर्न वा बिक्री गर्न तथा विभिन्न शेयरहरु खरिद वा बिक्री नगर्न उत्साहित गराउने उद्देश्यले अनधिकृत तवरले अन्तरवार्ता र अभिव्यक्ति दिइरहेको देखिएकोले बोर्डले संचार माध्यम, सामाजिक संजाल वा अन्य कुनै माध्यमबाट नेप्से परिसूचक तथा सूचिकृत संगठित संस्थाको शेयरको मूल्य बढ्ने वा घट्ने विषयमा टिका टिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित शेयरहरु किन्न उक्साउने वा नकिन्न अभिपे्ररीत गर्ने वा बजारको स्वतन्त्र रुपले संन्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन सबै सम्वद्ध पक्षहरुलाई एक सूचनामार्फत् सूचित गरिएको छ ।” लेखेको छ।
बोर्डले कसैको उक्साहटमा नलागी सुझबुझ ढंगले लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको छ ।
बोर्डले प्रकासन गरेको सुचना यस प्रकार छ।














