×
Lagani
Lagani Shiksha gif
हकप्रद निष्कासन गर्दै अपि पावर, खुद नाफा १०८ % ले बढ्यो



अपि पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय रिपोर्ट सार्बजनीक गरेको छ।

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १२ करोड ६२ लाख ६७ हजार खुद नाफा गरेको छ जुन गत वर्षको रू. ६ करोड ६ लाख ५८ हजार भन्दा १०८ प्रतिशत बढी खुद नाफा हो।

Lagani Shiksha gif
sharehubapk हकप्रद निष्कासन गर्दै अपि पावर, खुद नाफा १०८ % ले बढ्यो

कम्पनीलाई यस वर्ष विद्युत् विक्रीबाट रू. २८ करोड १ लाख ३६ हजार र अन्य स्रोतबाट रू. ६ करोड २९ लाख ८९ हजार आम्दानी भएको छ । गत वर्ष रू. २४ करोड ३८ लाख ९७ हजार कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३५ करोड ११ लाख ६ हजार यो आम्दानी गरेको हो ।

हाल कम्पनीको चुक्ता पुजी रू. १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार रहेको छ भने जगेडा कोष रकम रू. २८ करोड १ लाख ३६ हजार कायम भएको छ । प्रतिशेयर आम्दानी यो अवधिसम्म रू. ८ दशमलव ७२ रहेको अपि पावरको प्रतिशेयर नेटवर्थ रू. ११४ दशमलव ५२ रहेको छ ।

कम्पनीले हकप्रद शेयरको निस्कासन गर्दै छ । उक्त हकप्रद शेयर प्रयोजनका लागि भने कम्पनीले वैशाख २९ गते बुक क्लोज गरेको छ । कम्पनीले दोस्रो चरणमा २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो ।

कम्पनीले सार्बजनिक गरेको रिपोर्ट यस प्रकार रहेको छ।

1620861856 हकप्रद निष्कासन गर्दै अपि पावर, खुद नाफा १०८ % ले बढ्यो

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस