निरन्तर सर्किट हान्दै आहिरहेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर मूल्य आज सार्बधिक घटेको छ।
आज कम्पनीको शेयर मूल्य ५०३ अंक आर्थत १० प्रतिसतले घटेर ४५२७ पुगेको हो। मूल्य घटे संगै आज कम्पनिको आज ५१ हजार ८८ कित्ताको कारोबार भएको छ। आज मात्रै कम्पनिले सर्बसाधरणलाइ निस्कासन गरेको शेयरको २५ प्रतिसत शेयर कारोबारमा आएको छ।
आज ५२८१ मा कारोबार सुरु भएपनि भोलुम बढ्न लागेपछि कम्पनीको शेयर मूल्य घट्न लागेको हो। आज कम्पनीको शेयर बढीमा ५४९३मा कारोबार भएको थियो भने कम्तिमा ४५२७ मा कारोबार भएको हो। अघिल्लो कारोबार दिनमा कम्पनीको अन्तिम कारोबार ५०३० मा भएको थियो।
कम्पनीले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे कम्पनीको उक्त शेयरमा १५ लाख ४० हजार ४८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रूपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताको लागि आवेदन परेको थियो ।
माग भन्दा धेरै आवेदन परेकाे हुनाले ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा १० कित्ताको दरले बाडफाड गरेको थियो भने बाँकी १५ लाख २ हजार ५ सय ४८ जनालाइ निरास बनाएको थियो।महिला लघुवित्तले आइपिओ निष्काशन तथा बिक्री गर्नका लागि मंसिर ३ गते, सेबोनमा निवेदन पेश गरेकोमा नेपाल धितोपत्र बोर्डले माघ १० गते संस्थालाई अंकित मूल्य १०० को ४ लाख कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो ।














