×
Lagani
Lagani Shiksha gif
आइपियो निस्कासनको तयारीमा रहेको सिटिजन लाइफको नाफा यस्तो छ।



आइपियो निस्कासनको तयारीमा रहेको सिटिजन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा गत वर्षको यसै अवधिको तुलनामा १ दशमलव २७ प्रतिशत बढी हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १४ करोड ३९ लाख २३ हजार खुद नाफा गरेको थियो । कम्पनीले खुद बिमा शुल्क भने १०९.८८% ले बढाएर २ अर्ब ४४ करोड रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले १ अर्ब १६ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । जगेडा कोष रकम भने गत वर्षभन्दा यस वर्ष ६५ प्रतिशत बढेर रू. ७६ करोड कायम भएको छ । यस कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्न बाँकी रहेको छ ।

कम्पनीले आइपीओ जारी गरी बिमा समितिले तोकेको न्यूनत चुक्ता पुँजी पुर्याउने तयारी गरिरहेको छ । सिटिजन्सले ७५ करोड रुपैयाँको ७५ लाख कित्ता आइपीओ बिक्री गर्ने तयारी गरेको हो ।

कम्पनीले सार्बजनिक गरेको रिपोर्ट यसप्रकार छ।  

1620517339 2 आइपियो निस्कासनको तयारीमा रहेको सिटिजन लाइफको नाफा यस्तो छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस