×
Lagani
Lagani Shiksha gif
ग्रामिण विकासको खुद मुनाफामा ४५७.२३ प्रतिशतले बृद्धि , इपिएस ३८ रुपैयाँ ७९ पुग्यो



ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले सार्बजनिक गरेको रिपोर्ट अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिसम्म संस्थाले ५ करोड १२ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४५७.२३ प्रतिशतले धेरै हो ।

Lagani Shiksha gif

संस्थाको गत बर्षको यसै अवधिमा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ९६ पैसा मात्र रहेको अहिले त्यो बृद्धि भएर ३८ रुपैयाँ ७९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ २७ पैसा रहेको छ ।

संस्थाको खुद ब्याज आम्दानी बढेर ८६ करोड १५ लाख रुपैयाँ पुगेको छ ।संस्थाको सञ्चालन नाफा पनि बढेर २९ करोड ७५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाको यस्तो मुनाफा ३ करोड १० लाख रुपैयाँ रहेको थियो ।

हाल संस्थाको चुक्ता पुँजी ९८ करोड रुपैयाँ रहेको छ ।संस्थाको जगेडा कोषमा पनि ३१.८८ प्रतिशतले बृद्धि भएर ७४ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

1620344938 2 ग्रामिण विकासको खुद मुनाफामा ४५७.२३ प्रतिशतले बृद्धि , इपिएस ३८ रुपैयाँ ७९ पुग्यो

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस