लगातार बढी रहेको सिंगटीको शेयर मूल्य आज घटेको छ।
आज कम्पनीको शेयर मूल्य ४४ अंकले घटेर ४८५ मा कारोबार भइरहेको छ। हिज ५२९ मा अन्तिम कारोबार भएको कम्पनीको शेयर मूल्य बिक्रि चाप बढे संगै आज घटेको छ। कम्पनीको शेयरमा अस्ति देखि नै बिक्रि चाप बढ्न थालेको हो। हाल समाचार तयार पर्दा सम्म कम्पनीको शेयर ८.३२ प्रतिसताले घटेको छ।
कम्पनीको शेयर कारोबार आज ५५०मा भएको थियो भने बढीमा ४४५ मा पुगेको थियो। हाल कम्पनीको शेयर कारोबार ४८५मा भए पनि कम्तिमा ४८२ पुगेको थियो। हालको जस्तै बिक्रि चाप बढ्यो भने कम्पनीको शेयर मूल्य अझै घट्ने संकेत रहेको छ।
सिंगटीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो।
कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो । जुन कम्पनीले बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९.१६ गुणा भन्दा धेरै हो।
त्यसमध्ये १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको छ भने ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।












