सुनको भाउ सामान्य बढेको छ । आज सुन प्रतितोला ३ सय रूपैयाँले वृद्धि भई ९० हजार ६०० कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी गोल्ड ९० हजार १०० रुपैयाँ कायम भएको छ।
बुधबार सुनको भाउ तोलामा ३०० रुपैयाँले ओरालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३१५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted















