रुरु जलविद्युत परियोजना लिमिटेडले सर्बसाधारणलाइ निस्कासन तथा बिक्रि गरेको साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएपछि पहिलो कारोबार भएको छ।
आज स्पेश प्रिओपन सेसनमा कम्पनीको ३ सय ५६ रुपैयाँमा १० कित्ताको पहिलो कारोबार भएको छ । कम्पनीको आज १० कित्ता शेयर बिक्रि भएपनि अरु बिक्रि भएको छैन भने खरिद माग बढीरहेको छ।कम्पनीको शेयर आज RURU काराेबार संकेतमा दोस्रो बजारमा कारोबार भएको हो।
कम्पनीको शेयर ४१ ब्रोकरबाट खरिद गरिएको छ भने ४ नम्वर ब्रोकरले विक्रि गरेको छ । नेप्सेको अनुसार कम्पनीकाे ४० लाख ७७ हजार ५५ कित्ता साधारण सेयर सूचिकृत भएको हो ।नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो ।
रु रु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि प्रिमियम मूल्यमा आइपीओ जारी गरेको हो । यसले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको थियो ।
कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई छुट्टाइएको थियो।

















