×
Lagani
Lagani Shiksha gif
सानिमा जनरलको खुद नाफा शत प्रतिशतले बढ्यो , कुल बीमा शुल्कआर्जन ७६% भन्दा बढी



सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमास रिपोर्ट सार्बजनिक गरेको छ।

इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ४६ करोड ४६ लाख २८ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा यो रकम ७६ दशमलव ४६ प्रतिशत बढी हो ।

Lagani Shiksha gif
sharehubapk सानिमा जनरलको खुद नाफा शत प्रतिशतले बढ्यो , कुल बीमा शुल्कआर्जन ७६% भन्दा बढी

सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले यसै वर्ष सर्वसाधारणमा आईपीओ जारी गरी चुक्तापूँजी रू. १ अर्ब पुर्याएको छ। यस वर्ष बीमाकोष रकम ९४ प्रतिशत वृद्धि भई रू. ८ करोड ५७ लाख २० हजार पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव ८० र प्रतिशेयर नेटवर्थ रू. ११७ दशमलव शून्य ६ रहेको छ ।यस वर्ष कम्पनीले १७३ दशमलव ७८ प्रतिशत बढी कुल दाबी भुक्तानी गरेको छ ।

गत वर्ष रू. ५ करोड ५७ लाख ६४ हजार कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. १५ करोड २६ लाख ६८ हजार भुक्तानी गरेको हो । कम्पनीको जगेडा कोष रकम पनि १०१ प्रतिशत बढेर रू. ७ करोड ५९ लाख ५५ हजार कायम भएको छ ।

 

page6 सानिमा जनरलको खुद नाफा शत प्रतिशतले बढ्यो , कुल बीमा शुल्कआर्जन ७६% भन्दा बढी

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस